भक्तपुर । सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा निर्माण हुन लागेको भगवती मन्दिरको शिलन्यास गरिएको छ । नगर प्रमुख बासुदेव थापाले बुधबार मन्दिरको शिलान्यास गर्नुभएको हो ।
शहीद राधेश्याम जोन्छे र स्वर्गीय रजनी जोन्छेको स्मृतिमा निर्माण हुन लागेको उक्त भगवती मन्दिरको नगर प्रमुख थापाले शिलान्यास गर्नुभएको हो ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनका साथै दिवंगत व्यक्तित्वहरूको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले मन्दिर निर्माण गर्न लागिएको हो । 
मन्दिर निर्माणले सुवर्णेश्वर मन्दिर क्षेत्रको धार्मिक महत्त्व थप उजागर गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।