मंगलबार बिहान काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको ५.६ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौँ उपत्कामा पनि महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरे ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस भएको छ।
भौगोलिक रूपमा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ ।
हिमालय क्षेत्र भएकाले यहाँ ससाना भूकम्प निरन्तर गइरहन्छन्। तर, पश्चिम नेपालमा लामो सयमदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम अझ धेरै रहेको भूकम्पविद्हरूले बताउने गरेका छन्।