दार्चुला । अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल पर्यटन उत्सव २०८३ को उद्घाटन मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ। गाउँपालिकाको अपि आधार शिविर (अपि बेस क्याम्प) मा आयोजित समारोहमा उत्सवको औपचारिक सुरुवात गरिएको हो।
उद्घाटन कार्यक्रममा सभामुख भीम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, अर्थमन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी, प्रमुख सचिव उत्तर खत्रीलगायतको उपस्थिति थियो । विभिन्न पालिकाका प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।
उत्सवले सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । आयोजक अपि हिमाल गाउँपालिकाको पहलको प्रशंसा गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ ।