काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले शुभ-दिपावली २०८३ को अवसरमा शुभकामना आदान-प्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गर्दैछ ।
कमिटीका अनुसार कार्यक्रम २०८३ कात्तिक २१ गते शनिबार दिनको १:०० बजेदेखि काठमाडौंको खहरे चोकस्थित शान पार्टी प्यालेसमा हुनेछ । कार्यक्रममा तिहारको शुभकामना आदान-प्रदानसँगै देउसी भैलो गरिनेछ । सिन्धुपाल्चोक मूलका तथा काठमाडौंमा बसोबास गरिरहेका पार्टी कार्यकर्ता, शुभचिन्तक र आमन्त्रित अतिथिहरूको उपस्थितिको अपेक्षा गरिएको छ।