राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को सातौँ बैठक सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहसचिव केदारनाथ शर्माको अध्यक्षतामा बसेको बैठकमा भारत सरकारको विदेश मन्त्रालयअन्तर्गत डेभलपमेन्ट पार्टनरसिप एडमिनिस्ट्रेसन (डीपीए–३) की प्रमुख सहसचिव प्रियंका चौहानसहित दुवै पक्षका प्रतिनिधि तथा समितिका सदस्यहरूको उपस्थिति थियो ।