पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ४ जना विद्यार्थी र एक स्थानीय छन् ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार जारी छ ।