– श्यामकृष्ण लम्साल
# नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भिक इतिहास बोकेको नेपाली जनतालाई दुनियादारबाट प्रजा हुँदै नागरिक अझ गहिरिएर भन्ने हो भने सार्वभौमसत्ता नेपाली जनतामा निहित बनाउने आन्दोलनले लडेको पार्टी नेपाली काँग्रेस वैचारिक रूपमा अलमलिएको कुहिरोको काग जस्तो भएको छ भन्दैछन बिद्वानहरु। यसका संस्थापक नेता वी.पी. कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र संवैधानिक राजतन्त्रको त श्राद २०४८ साल तिरै उनका सहोदर कान्छा भाईले गर्न थालेकै थिए रे समय क्रममा उधारो महत्वकाँक्ष(सान्दाजु भन्दा ठुलो पद पाउने आशामा) संवैधानिक,राजसंस्था,बहुदलीय संसदीय व्यवस्थाको एजेण्डा पनी गणतान्त्रिक साथीहरूकै पाउमा विसर्जन गर्ने बाटो बाटो तिर लागिदिँदा बी.पी. चिन्तन अनुसारको देश बनाउने सपना तुहिँदिंदा वैचारिक रूपमा घरको न घाटको भएको अवस्थामा पुरानो संगठित जमातले वि.पी. को मुहार चित्र राखेर (बोकाको टाउको आगाडी राखेर आर्थोककै मासु बेचे झैँ) हामी वि.पी. वादी नै हौ भन्दा चेतनशील पुस्ताले पत्याएन भन्दा रछन हो त ? कि झर्ला र खाउलाको भीड खानेकुरा अन्तै पाउने भएपछि त्यहि बसीरहला त भन्ने चिन्ता चतुरेको हो रे भन्दा रछन त्यसै हुनसक्ला?
# नेपालको राजनीतिक दलहरु वैचारिक आस्थाका केन्द्र कि अराजक भिड्को थुप्रो? भन्ने प्रश्न यत्र तत्र सर्वत्र छाएको सन्दर्भमा एउटा प्रश्न सोध्न मन लागेको छ, पंचायतको संगठन देशब्यापी थियो । प्रधान,उपप्रधानदेखि गा.स.स.,न.स.स. सम्म धेरै मान्छे थिए ती एकिकृत हुन नसक्दा के हालत भयो? कोही काँग्रेस, कोही एमाले, कोही राप्रपा आदि भएर होलान बिना विचार, बिना संगठन, बिना अर्थको कुनै लक्ष्य र गन्तब्यको हुँदैन रहेछ भन्ने कुरा इतिहासले प्रमाणित गरेन र ?
# अहिले नै नेपाली काँग्रेसका मझौला तहका नेता वी.पी. कोइराला भन्दा ठुला र गतिला भएका छन रे वी.पी. आफ्नो वैचारिक आन्दोलनका सहयात्री सबैलाई साथी देख्नु हुन्थ्यो रे, सवैलाई साथि भन्नु हुन्थ्यो रे,देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने संकल्पका साथ वैचारिक जमात निर्माण गर्नु हुन्थ्यो रे, अहिले आफ्नो हात जगन्नाथ मात्रै पढेका लोभीपापी,विचार विहिनहरुको भिड मात्रै भयो कांग्रेस भन्दा रछन त्यसै हुनसक्ला ?
# इतिहासको एक कालखण्डमा नेपाल राज्य मण्डलमा पाँच महासभ्यताले घर गरेको गौरवशाली जीवन्त इतिहास पाइदो रहेछ । त्यो हुवंहो र याङसी नदीको महासभ्यता, मष्टो पुजक खस महासभ्यता,सिन्धुघाटीको अष्ट्रो द्रविण महासभ्यता गंगा मैदानको वैदिक आर्य सम्भता र इस्लाम महासभ्यता यी महासभ्यता भित्रको गुदी कुरोले आजको विश्व सञ्चालन गरिरहेको छ भनिन्छ । सभ्यताको प्रारम्भिक चरणको हाम्रो मुलुक विश्वको नेता हुन कर कुराले कसरी किन अल्झायो, इतिहास देखि वर्तमानसम्म किन पिडाहरु बल्झीरहन्छन, खोज्ने फुर्सद हामी कसैलाई छ कि ? कि विहान वेलुकीमा नै हामी अल्झीरहने ?
# महाभारतका एक चर्चित पात्र थिए भिष्म पितामह जो बोलेको कुरा पुर्याउथे,बरु बोल्दैनथे भन्ने आख्यान पाइन्छ हाम्रो मुलुकमै पनि प्रदिप नेपाल,मोहन चापागाई मार्काका नेतालाई सहमत गराउन गाह्रो, उनको आङमा चढ्यो भने काम फत्ते भन्ने भनाइ थियो एकताका/अहिलेको हाम्रा राजनीतिककर्मी साथीहरू सडकको ओखती व्यापारी जसरी बेलुकाको कुरा विहान, विहानको कुरा बेलुकाफेर्छन यिनीहरुलाई विश्वास गर्नै गाह्रो भन्ने जनगुनासो यत्रतत्र सर्वत्र सुन्नमा आइरहेको सन्दर्भमा सोध्नुपर्ने भएको छ। राजनीतिकर्मी भनेका ढटवारे नै हुन् त ? कि जोकहरू पनि हुन् ?
# पौराणिक आख्यानका अनुसार अनावश्यक लोभ र लालच राख्न खोज्दा अनुसुवाले ब्रह्मा,विष्णु,महेशलाई बालक बनाएर काखमा राखेर दूध पिलाएकी थिईन रे। हाम्रा राज्य संचालकको अनी मौकापर्दा राज्य संचालन गर्छौ भन्ने साथीहरूलाई चाँही कसले के खुवाएर बचाउदै होलान? नीति सिद्धान्त विचार च्यूत,काम काम काज केही न भएको, योग्यता क्षमताको अभावमा बर्षैदेखि सुखभोग र अवसरको खोजीमा तड्पिएको र भड्किएको वर्ग राजनीतिमा सक्रिय छ भनिन्छ ताक परे....नत्र....तामे वर्ग लाई कुन अनुसुवाले कसरी पाल्दै होलिन ? यो आजको समयको माग अनुरूपको यक्ष प्रश्न बनेर जनजनमा मनमनमा उभिएको छ नि कि कसो ?
# नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा धेरै लोकतान्त्रिक अभ्यास गरिएको भएर चिनिने पार्टी नेपाली कांग्रेसको (विशेष महाधिवेशनवाला को अर्को पक्षको हुनै बाँकी छ ) जारी १५ औ महाधिवेशनको सन्दर्भमा एउटै घरका ११ जान क्षेत्रिय प्रतिनिधि निर्वार्चित भएको समाचारहरु पढन र सुन्न पाइयो गएको आम निर्वाचनमा आर्को पार्टीको झण्डा बोकी हिड्नेहरु महाधिवेशन प्रतिनिधि,क्षेत्रिय प्रतिनिधिहरु निर्वाचित भएका समाचारहरु पनि पढिए होइन प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालले भन्नु भए झैँ कांग्रेस भनेको वी.पी. को बुद्धि र सुवर्णको घनको भिड को विकसित रुप मात्रै हो त ? कि लोकतान्त्रिक आभ्यास भनेको यस्तै नै हुन्छ ?