काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटन चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज न्यायाधीश गोकर्ण डाँगी रहेका छन् ।