संघीय संसद्को चालु अधिवेशन १६ असोजदेखि अन्त्य हुने भएको छ । सरकारले राष्ट्रपति समक्ष सोको सिफारिस गरेको जनाइएको छ । मन्त्रिपरिषदको गत मंगलबार बसेको बैठकले नै भोलि असोज १६ गतेबाट चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोही बमोजिम नै राष्ट्रपतिबाट संसदको चालु अधिवेशनको अन्त्यको घोषणा हुनेछ । अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रही आएको छ ।
संघीय संसद्को जारी अधिवेशन गएको वैशाख २८ गतेबाट सुरु भएको थियो । संसदको यही अधिवेशनबाट नै सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको हो ।