काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा निष्ठावान् नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो ।
उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित भई अस्पतालमा उपचार गराइरहेका थिए । उनी पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध थिए। लामो समय एमालेबाट राजनीति गरेका उनी नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा गएका थिए ।
वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेताहरूमध्ये एक थिए। पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलन र राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष लामो जेलजीवन बिताएका थिए ।