काठमाडौँ उपत्यकाको दक्षिण भेगमा रहेको धार्मिक र पर्यटकीय क्षेत्रको पवित्र भूमिका रुपमा चिनिने गोदावरी नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि आमूल परिवर्तन भएको छ । यस अवधिमा नगरपालिकाले गरेको कामले गर्दा भौतिक पूर्वाधार, विकास निर्माण र सुशासन कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामका बारेमा हाम्रो संवाददाताले गोदावरी नगरपालिका उपप्रमुख मूना अधिकारीसँग गरिएको कुराकानीको सार संक्षेपः
स्थानीय तहको दोस्रो कार्यकाल लागि निर्वाचन भएको एक वर्ष पूरा भएको छ ? यस अवधिमा नगरपालिकामा के के उपलब्धी भएका छन् ?
म गोदावरी नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको पहिलो वर्ष पूरा भएको छ । विकासको खाका पहिलो कार्यकालमा नै निर्माण भएकोले काम गर्न धेरै सहजता भएको छ । मैले जेठको १० गते शपथ ग्रहण गरेको थिए । धेरैे विकास निर्मााको काम जोडिएको बाटो ढलान, कालोपत्रे, गरेका छौं । समृद्ध गोदावरी बनाउनुपर्छ भनेर शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका छौंँ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन भोलिन्टर शिक्षक नियुक्त गरेको छौँं ७० वर्ष भन्दा मािथका ज्येष्ठलाई सुगर पेसरको औषधी निःशुल्क वितरण गरेका छौँ । सबै वडामा डक्टरसहितको सेवा सुविधा विस्तार गरेका छौं । उक्त सबै कार्य नगरपालकाको आन्तरिक स्रोतबाटै गरेका छौं । अहिले सबै स्वास्थ्य चौकीमा भिडियो एक्सरे सुविधा प्रदान गर्दै आएका छौं । नागरिकले न्यूनत्तम सेवा पाउनुपर्छ भनेर हामीले पनि नागरिकलाई सेवा दिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरी काम गरिरहेका छौँ ।

गोदावरी नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा केके काम गरेको छ ?
कृषि र पशुपालनका लागि विगतमा भन्दा यस वर्ष बजेट बढाएका छौं । नगरपालिकाको लेलेलाई कृषिको पकेट क्षेत्र र देवीचौरलाई पशुको पकेट घोषणा गरेका छौं । हामीले गरेका कामले त्यहाँका किासनले पशुपालनका राहत पाएको महशुस गरेका छन् । त्यहाँ लागद साझेदारीमा पशु पालन काम गरेका छौं । ठाउँ अनुसार भैसी वितरण र बोयर जातको बोका वितरण, गरेका छौँ । नगरपालिकाले अहिले सो क्षेत्रमा कृषि र पशुपालनका लागि गत वर्षको भन्दा बजेट बढाएर थप काम गरिरहेका छौ । पर्यटकीय क्षेत्रका लागि पनि त्यहाँ संभावना धेरै भएका सो संभाव्यता अध्ययन गरी आन्तरिक र बाह्य पर्यटक प्रबद्र्धन गर्ने कार्य गरिरहेका छौँ ।
लेले कृषि पकेट क्षेत्र र देवीचौर पशुपालनको पकेट क्षेत्र हुँदा त्यहाँका कति जना किसानहरु आत्मनर्भिर हुँदै गएका छन् ?
त्यहाँका किसानहरु क्रमिक रुपमा कृषि र पशुपालनमा आत्मनिर्भर हुँदै गएका छन् । नगरपालिकाले सो क्षेत्रमा कृषि र पशुपालनका लागि बजेट नै बढाएर काम गरेकाले पनि सो क्षेत्रमा किसानहरु आत्मनिर्भर हुने क्रम बढ्दै गएको हो । अहिले नागरिकलाई व्यावसायिक बनाउका लागि नगरालिकामा फम दार्ता गराएर व्यावसायिक बनाउने कार्यको थालनी भइसकेको छ । किसानलाई एनएआइसी बैंकसँग सम्भौता गरेर पाँचदेखि दश लाख रुपियाँ निरव्याजी रकम प्रदान गर्ने गरी नगरपालिकाले फम संकलन गर्दै गरेको छ । जसले काम गर्न चहाने किसानको फमको स्थलगत अनुगमन गरेर बजेट उपब्ध गराउने योजना छ ।
नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा योजना अनुगमन समिति छ सो समितिले अहिले कसरी काम गरिरहेको छ ?
हामीले नगरसभाबाटै विकास निर्माणका योजना छुट्याएका छौं हाम्रो दायित्व पूरा गरेका छौं नागरिकको पहिलो आवश्यकता बाटो नै हो सबै व्यावसायका लागि बाटो सबै ठाउँमा जानुपर्छ र सबै ठाउँमा बाटो पु्र्याएका छौं । बाटोको मापदढड अनुसार बढाउँदै जानुपर्छ । संघीय सरकारले क्षतिपूर्ति नहुँदा विस्तार गर्न कठिन भएको छ । कतिपयले भनेर स्थानीय तहले बाटोका लागि जग्गा नदिन समस्या हुने गरेको छ । बाटो विस्तार गर्न अलि समस्या छ । तर नगरपालिकाले निश्चित मापदण्ड बनाएको छ । नगरपालिका भित्रका बाटो ६ देखि ८ मिटर हुनुपर्छ भनेर मापदण्ड बनाएको छौं अहिले चाहि सबै बाटो २० मिटर हुनुपर्छ भन्ने मान्यता बनाएर काम भइरहेको छ । कतिपय विकास निर्माणको काममा उपभोक्ता समितिको उपस्थिति अली कमजोर छ । हामीले भने स्थानीय उपभोक्तलाई सजग र सचेत गराउने काम गर्दै आएका छौं । तपाईको घर नजिकको बाटोको रेखदेख र संरक्षण गर्ने जिम्मेवारी तपाइको हो भनेर हामीले उपभोक्ता समितिमा तपाई आफैं बसेर काम गर्न सुझाव दिदै आएका छौं ।
गोदावरी नगरपालिकामा न्यायिक समितिमा कस्ता उजुरी पर्छन कसरी न्यायिक निरुपण हुने गरेका छन् ?
न्यायिक समितिमा करिब ९० प्रतिशत उजुरी जग्गाकै बिबाद आउने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार न्यायिक समिति आफैंले निरुपण गर्ने र मेलमिलाप गराउने अधिकारको क्षेत्राधिकार भित्र रहेर काम गरेका छौं । पहिलो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा आएर हामीले धेरै चलनचल्तीको बाटो खुलाउने काम गरेका छौं । बाटो अरोध गर्नेलाई बाटो भत्काउने काम समेत गरेका छौं । मैले न्याय सम्पादन गर्ने काममा कुनै आस्था हेरेर काम गर्ने गरिएको छैन अन्यायलाई न्याय दिने गरी न्यायिक समितिले काम गरिरहेको छ ।
पहिलो कार्यकालदेखि दोस्रो कार्यकालसम्म आइपुग्दा काम गर्न कतिको सहजता भएको छ ?
स्वाभाविक रुपमा पहिलो कार्यकालदेखि दोस्रो कार्यकालमा आउँदा काम गर्न धेरै सहजता भएको छ । पहिलो कार्यकालमा काम गरेको अनुभवले पनि दोस्रो कार्यकालमा काम गर्न सहजता भएको छ । पहिला कतिपय ऐन कानुन नबन्दा काम गर्न सकिएको थिएन । पहिला बजेट थियो कानुन नहुँदा काम गर्न सकिनएन । यो वर्ष एक वर्षमा तीन वर्षमा नभएको काम एक वर्षमा भएका छन् । ं संरचना निर्माण भएका छन् काम गर्न अनुगमन र सहजता भएको छ ।
महिला र लक्षित वर्गका क्षेत्रमा केके काम भएका छन् ?
महिलाको क्षेत्रमा काम गर्दा महिलाहरु स्वालम्बन बन्नुपर्छ भनेर नगरपालिकाले महिलालाई उद्यमी बनाउनुपर्छ भनेर महिलालाई शीपमूलक तालिम प्रदान गरेका छौं । मखमली जुत्ता बनाउने र अचार बनाउने तालिम प्रदान गरेका छौँ. । पहिला तालिम लिइ सकेका महिलालाई थप उद्यमी बनाउने गरी एड्भान्स तालिम प्रदान गर्ने योजनामा छौं । नगरपालिका भित्र महिला सुरक्षित आवास गृह बन्दै छ । उक्त भवनमा अप्ठ्यारोमा परेका महिलालाई तालिम दिने र सो ठाउँमा नै विभिन्न तालिम दिने तयारी गरेका छौं । सबै प्रकारका तालिम एकै ठाउँबाट गर्दैछौं । लक्षित वर्ग अन्तर बालमैत्री शासन घोषणा गर्दैछौं । बालबिवाह र बाल मजदुर हटाउन अभियान सञ्चालन गरेका छौं । अपांगता भएका बालबालिकालाई राहत प्रदान गरेका छौं । दलित समुदायका लागि काम गरिरहेका छौं । ज्येष्ठ नागरिकका लागि नगरपालिकाले धेरै काम गरेको छ ।