जनप्रतिनिधिले नगरपालिकाको नेतृत्व गरेपछि भक्तपुरको सूर्यविनायक नगरपालिकामा भौतिक पूर्वाधार निर्माण र सेवा प्रवाह व्यवस्थित बन्दै गएको छ । २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट सूर्यविनायक नगरपालिकामा नगर प्रमुखको रुपमा निर्वाचित हुनुभएका नगर प्रमुख बासुदेव थापाले यस अवधिमा भएका काम र अबका योजनाका बारेमा नगरपालिकाका प्रमुख बासुदेव थापासँग हाम्रा संवाददाताले गर्नुभएको कुराकानी ।
यस अवधिमा नागरिकले अनुभूती गर्न सक्ने गरी गरिएको भौतिक पूर्वाधारका काम केके हुन् ?
पहिला नगरपालिकामा दश हजार घरघुरीलाई मात्र खानेपानीको पहुँच थियो । अहिले २१ हजार घर धुरीलाई खाने पानीको पहुँच अभिवृद्धि गरिएको छ । मेलम्चीको खानेपानी ट्याङ्कीबाट उपभोक्तालाई घर घरमा धारा पु¥याउने अल्पकालिन योजनाको रुपमा नगरपालिकाको वडा नं. १ देखि ६ नं. सम्मका लागि कुल ७ करोड रुपियाँको बजेटमा ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत उपभोक्ताबाट लागत साझेदारीमा काम भइरहेको छ । नगरपालिका क्षेत्रमा २०७४ सालमा २७ किलोमिटर पक्की सडक रहेको अहिले १०७ किलोमिटर पक्की सडक पुयाइएको छ । साना ट्रष्टपुलसहित २० वटा पुल रहेको यस नगरपालिकामा साना र ठूला गरी अहिले ३५ वटा पुल निर्माण गरी ५५ वटा पुल निर्माण गरिएको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको र दशवटा वडा मध्ये वडा नं. २, ३, ६, ७ र १० गरी ५ वटा नयाँ वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । अन्य वडा कार्यालयको प्रशासनिक भवन निर्माणाधिन अवस्थमा रहेका छन् । अन्य विभिन्न सरकारी र सामुदायिक गरी ६० वटा भवन निर्माण गरिएको छ । अघिल्लो कार्यकालदेखि अहिलेसम्म तीन हजार ४६६ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयमा ल्याइएको छ । मेयर उज्यालो कार्यक्रममार्फत पाँच हजार २३ वटा सडक बत्ती जडान गरिएको छ ।
सामाजिक विकासका क्षेत्रमा नगरपालिकाले गरेका कामहरु केके हुन् ?
विभिन्न स्थानीय जात्रा कला, सम्पदा र सँस्कृतिलाई संरक्षण गर्ने कार्य गरिदै आएको छ। पुरातात्विक पाटी, पौवा सत्तल, ढुङ्गेधारा लगायतका सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने गरिएको छ । स्थानीय तहको विवाद स्थानीय तहबाटै निरुपण गरी वडा तहमा मेलमिलाप केन्द्र विस्तार गरिदै आएको , २५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । नौवटा स्वास्थ्य केन्द्रको स्तरउन्नती भएका छन् । सङ्घीय सरकारले गर्ने स्थानीय तहको स्वमूल्याङ्कन पद्दती (लीजा) मा भक्तपुरका चारवटा नगरपालिका मध्ये सूर्यविनायक नगरपालिका पहिलो भएको छ । सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाटै प्रधानाध्यापक नियुक्ती गर्ने व्यवस्था गरी शैक्षिक गुणस्तर कायम गरेका छौं । २०७४ सालमा हामी पहिलो पटक निर्वाचित भएर आउँदा नगरपालिकाको आन्तरिक आम्दानी ८ करोड रुपियाँ रहेको अहिले बढेर ३५ करोड रुपियाँ बनाउन सफल भएका छौ । नगरपालिका क्षेत्रका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्य गरेका छौं ।
व्यवस्थित सहरी योजना निर्माण गर्ने काममा नगरपालिकाले गरेका काम केके हुन् ?
नगरपालिकाले नगर विकास योजनाको रुपमा आवधिक योजना तयार गरेको छ । हामीले अबलम्वन गरिएको ‘विकास निर्माणमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा’ भन्ने नाराका साथ काम गरेकाले यस अवधिमा विकास निर्माणको काममा अपेक्षाकृत सफलता हासिल गरेका छौं । यस अवधिमा हामीले १३ वटा नगरसभा र १४६ वटा कार्यापालिका बैठक सर्वसम्मतरुपमा गरेर व्यववस्थित सहरी योजना बनाउने कार्यमा सफलता हासिल गरेका छौं । नगरपालिकाले विद्युतिय प्रणालीमा भुक्तानी प्रदान गर्न सुरु गरेको छ । घरैबाट नक्शापास गर्न सकिने व्यवस्था गरिएको छ । यस अवधिमा १९ हजार ६१६ वटा घर नक्शापास भएका छन् । नगरपालिकामा छ वर्षको अवधिमा ८७ वटा कानुन निर्माण गरेर कानुनी शासनको थालनी गरेका छौं । फोहोर व्यवस्थापनमा घरघरबाटै कुहिने र नकुहिने गरी फोहोरको वर्गिकरण गर्ने गरेका छौं । कुहिने फोहोरलाई मल निर्माण गर्ने गरेका छौ । कतिपय स्थानीयले कुहिने फोहोरबाट घरकै करेसाबारी र कौशी खेतीमा मलको रुपमा प्रयोग गर्ने गरेका छन् । नकुहिने फोहोरलाई नगरपालिकाले सामूहिक रुपमा व्यवस्थापन गर्दै आएका छ ।
स्थानीय तहको निर्वाचनका क्रममा नगरबासीसामू गरिएको प्रतिबद्धता कति कार्यान्वयन भए ?
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरबासी सामू गरिएका सबै प्रतिबद्धता पूरा भएका छन् । २०७९सालको स्थानीय तहको निर्वाचनमा हामीले सूर्यविनायक नगरपालिकालाई नमूना सहरको रुपमा विकास गर्ने भनेका थियौ । अहिले नमूना सहर निर्माण गर्नका लागि आवधिक योजना बनाइ व्यवस्थित सहरी योजना निर्माणको प्रक्रिया अगाडी बढाइ रहेका छौँ । सूर्यविनायक नगरपालिकामा भएका सबै महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने त्यसका लागि अहिले हामीले नगरपालिका भित्रका महत्वपूर्ण दशवटा महादेव मन्दिरलाई समेटिएर ‘शिव सक्र्रिट’ निर्माणको काम अगाडि बढाएका छौँ । आधुनिक कृषि प्रणाली र उन्नत पशुपालन कार्यलाई रोजगारीको अवसर सिर्जना गर्ने फलफूल र तरकारीसहितको कृषि बजारको प्रबद्र्धन गर्ने त्यसका लागि अहिले हामीले व्यावसायिक कृषि प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेका छौं । घोषणा पत्रमा भएका सबै बाचालाई अबको चार वर्षमा पूरा गरी समृद्धि सूर्यविनायक बनाउने छौं ।
नागरिकलाई उद्यमशिलता र स्वरोजगार बनाउने कार्यमा नगरपालिकाले केके काम गरेको छ ?
कृषि र पशु उद्यम विकासका लागि किसानलाई आयमूलक कार्यक्रममा जोडेका छौं । त्यस्तै फूल उत्पादन हुने वडामा पुष्प व्यावसायबाट किसानहरुलाई उत्पादनमूलक कार्यक्रममा लगाएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयलाई रोजगारी प्रदान गरिएको, नगरपालिकाका प्रमुख पर्यटकीय क्षेत्रको विस्तार र विकासका लागि वार्षिकरुपमा बजेट विनियोजन गरी पर्यटकीय पूर्वाधारको काम गरेर नगरबासीलाई उद्यमशिलता र स्वरोजगार बनाउने कार्यमा सक्रिय भएका छौ ।
नगरपालिकाको अबका योजनाहरु केके हुन् ?
मानवीय विकासलाई उच्च प्राथमिकता राख्दै स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार गर्ने अबको प्राथमिकता हो । यस अवधिमा भौतिक पूर्वाधारको काम धेरै गरेका छौं । अब नगरबासीलाई आत्मनिर्भरताका लागि पर्यटन क्षेत्रको विकास गर्ने, आन्तरिक आय वृद्धि गरी दीगो आयआर्जनको खोजी गर्ने, सेवा प्रवाहलाई थप सर्वशुलभ र प्रविधिमैत्री बनाइ सुशासनलाई प्राथमिकता दिदै जाने, उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने नै अबको प्राथमिकता रहेको छ ।