कोन्ज्योसोम गाउँपालिका प्राकृतिक र सौदर्यतासँगै कृषि र पर्यटको राम्रो संभावना भएको गाउँपालिका हो । कोन्ज्योसोम गाउँपालिका । गाउँपालिकामा कुल ५ वटा वडाहरु छन् । वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी, ४ नल्लु र ५ भारदेउ रहेका छन् । यहाँका स्थानीयतको प्रमुख पेशा कृषि नै रहेको छ । यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु सहजै अवलोकन गर्न सकिन्छ । प्रस्तुत छ कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेसँग यसै सन्दर्भमा हाम्रा समाचारदाताले गर्नुभएको कुराकानीको सार संक्षेप ।
कोन्ज्योसोम गाउँपालिकालाई चिनाउने आधार केके हुन ?
यस अगाडिका स्थानीय तहका जनप्रतिधिलिे धार्मिक र पर्यटक क्षेत्र चिनाउने गरिएका कामलाई हामीले पनि निरन्तरता दिएका छौं । कोन्ज्योमको वडा नं. ५ को फूलबारीडाँडामा रहेको कोन्ज्योसोम प्रतिमा निर्माण भइसकेको छ अब हामी प्रतिमाको उद्घाटनको चरणमा पुगेका छौ । अहिले त्यसको ग्राउन्ट र प्रतिमा सजाउने काम मात्र बाँकी छ । वडा नं. ४ मा पाथीभरा मन्दिर, ३ को दलचोकीमा भ्यूटावार निर्माण गर्ने, त्हाँबाट हिमाल, पहाड र तराई देख्न सकिने, हाइकिन गर्न सकिने संभावना भएको ठाउँ हो । त्यस्तै उक्त ठाउँमा होमस्टे सञ्चालन भएका छन् । शंखु कृषि उत्पादन र पशुपालनको राम्रो स्थाना हो । दलचोकी र शंखुबाट दैनिक १८ हजार लिटर दूध काठमाडौँमा जान्छ । शंखु कृषि र पर्यटकनको राम्रो संभावना भएको गाउँ हो । हामी निर्वाचित जनप्रतिनिधिले कोन्ज्योसोममा त्यही कृषि र पर्यटनको संभावनालाई समृद्धिमा रुपान्तरण गर्ने गरी योजना बनाइ काम गरेका छौं ।
संविधान अनुसार उपाध्यक्षको अधिकार क्षेत्रभित्र पर्ने योजना अनुगमन पनि हो कोन्ज्योसोम गाउँपालिकामा योजना अनुगमन कसरी हुने गरिएको छ ?
गत आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट हामी निर्वाचित जनप्रतिनिधिले नै बनायौं र उक्त योजनाको अनुगमन पनि हामी निर्वाचित जनप्रतिनिधिले नै गरेका हौं । योजनाको अनुगमन गर्दा सम्झौता र लगद स्टिमेट अनुसार फिल्डमा काम भए नभएको प्राविधिक टिमसहितको टोलीले अनुगमन गर्ने गरिएको छ । ठूला योजनाहरुमा योजना कार्यान्वयनको प्राम्भमा, मध्य र योजना सम्पन्न भएपछि तीन चरणमा योजनाको अनुगमन गर्ने गरिएको छ । उक्त तीन चरणमा योजना अनुगमन गरी सम्झौता अनुसारका काम भए नभएको एकिन गरी प्राविधिका सहितको टीमको प्रतिवेदनलाई बैठकबाट निर्णय गराई भुक्तानी दिन उपयुक्त छ भनी सिफारिस गरिएपछि मात्र भुक्तानी दिने गरिएको छ ।
कोन्ज्योसोममा राजन्वय संकलनका अवस्था र संभावना के कस्तो छ ?
ललितपुरका तीनवटा गाउँपालिका मध्ये कम आन्तरिक आम्दानीको स्रोत भएको कोन्ज्योसोम गाउँपालिका हो । यहाँको आन्तरिक आमदनीको स्र्रोत भनेका मालपोत र वडाको सिफारिस दस्तुतबाट प्राप्त रकम मात्र हुन् । यहाँ त्यस्तो खानीको कुनै स्रोत छैनन् । आन्तरिक आम्दानी वार्षिक करिब ५० देखि ६० लाख रुपियाँ मात्र हुने गरेको छ । हामी निर्वाचित जनप्रतिधिको टीम निर्वाचित भएर आएपछि करको दर भन्दा पनि दायरा बढाउने प्रयास गरिएको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई दिएको अधिरकार क्षेत्रभित्र रहेर राजश्वको दायरा बढाउने काममा हामी लागेका लागेका छौं ।
संविधानले गाउँपाकिलाको उपाध्यक्षलाई न्यायिक समितिको पनि अधिकार दिएको छ कोन्ज्योसोममा न्यायिक समितिमा कस्ता उजुरी पर्छन् र त्यस्ता उजुरीको कसरी फैसला हुने गरेको छ ?
हामी निर्वाचित भएर आएको करिब १७ महिना जति भयो । यस अवधिमा कोन्ज्योसोमको न्यायिक समितिमा प्राय जसो घरयासी र केही जग्गा सम्बन्धि उजुरी आउने गरेका छन् । कतिपय उजुरी चाही छिमेकीको साँध सधियारसँग सम्बन्धीत उजुरी पनि न्यायिक समितिमा पर्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले न्यायिक समितिलाई दिएको अधिकार क्षेत्र अनुसार मेलमिलाप गर्न मिल्ने उजुरीलाई मेलमिपालद्धारा र मेलमिलाप गर्न नमिल्ने र न्यायिक समितिको अधिकार भन्दा बाहिरका क्षेत्रका उजुरीलाई जिल्ला अदालतमा पठाउने गरिएको छ ।