काठमाडौं । गायक तथा सर्जक नरेश खातीले नयाँ गीत ‘कान्छी’ ल्याएका छन् । गीतमा गायक नरेश र गायिका मेलिनाको आवाज रहेको छ भने शब्द र संगीत पनि नरेशकै रहेको छ ।
उक्त गीतको भिडियो गायक खातीले ‘मेक्सम–नरेश अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा नरेश खाती स्वयं प्रमुख भूमिकामा देखिएका छन् भने उनलाई जुना विश्वकर्माले अभिनयमा साथ दिएकी छन् ।
त्यसैगरी विक्रम चौहानको निर्देशन रहेको भिडियोमा करण चैसीरको छायांकन तथा नविन घर्ती मगरको सम्पादन रहेको छ ।