काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्रनं. १० को प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार के.सि. र काठमाडौं–१० (१) का प्रदेश सभा सदस्य पुकार महर्जन सम्मानित हुनु भएको छ ।
प्रगतिशिल युवा समुह, टर्कचा, माथिल्लो गुठ, कीर्तिपुर नगरपालिका वडा नं ६ को २९ औ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा शनिबार उहाँहरु सम्मानित हुनु भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा समुहको आन्तरिक खेलकुद प्रतियोगिताका सहभागि तथा विजेताहरुलाई प्रमाणपत्र र ट्रफि प्रदान गरिएको कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यको सचिवालयले जनाएको छ । कार्यक्रममा उपप्रमुख शाक्यले खेलकुदले मानव जीवनमा स्वास्थ्यता कायम गर्नका साथै स्फूर्ति प्रदान गर्ने बताउनुभयो ।