ललितपुर । सरकारले २०८१ वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेसँगै कोन्ज्योसोम गाउँपालिकाले व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई अभियानकौ रुपमा सुरु गरेको छ । व्यक्तिको कानुनी पहिचान र राज्यबट प्रवाह हुने विभिन्न सेवा प्रात्तिका लागि घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयबाट घटना दर्ता गराउन आग्रह गरिएको छ ।
गाउँपालिकाले व्यक्तिगत घटना दर्ता गराउका लागि स्थानीयलाई सूचना, जानकारी गराउँदै सचेतना अभियानका कार्यक्रम सञ्चालन गरेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइ जस्ता व्यक्तिगत घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा आआफ्नो वडा कार्यालयमा दर्ता गर्न सबैलाई कोन्ज्योसोम गाउँपालिकाले आग्रह गरेको छ ।