महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् ।
उनका अनुसार हावा तीव्र गतिमा चलिरहेको छ । घाम पनि उत्तिकै छ । त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ ।
पीडितहरुको पनि भागाभाग मच्चिएको छ । आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिन खटेका छन् ।