काठमाडौँ । रामेछाप नगरपालिकामा सुशासन र सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । नगरपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका जनप्रतिनिधिको नेतृत्वले गर्दा नगरपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको हो ।
नगरपालिकाले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीको सहज पहुँच हुने गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै गएको रामेछाप नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चाँपागाईले नगरपालिकामा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी नगर प्रवक्ता, सूचना प्रविधि अधिकृतको व्यवस्था गरी नगरपालिकालाई सुशासन र सेवा प्रवाहमा प्रभावकारी बनाउँदै लगिएको बताए ।
उनका अनुसार सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या आइपरे तत्काल समस्याको समाधान गर्ने गरिएको छ । कुनै सेवाग्राहीले समस्या परे नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका प्रमुखलाई भेटेर आआफ्ना समस्या राख्ने गरेका छन् । त्यसरी आएका सेवाग्राहीको समस्यालाई नगरपालिकाले सम्बोधन गर्दै आएको छ ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार चालुु आर्थिक वर्षमा नगरसभाले पारित गरेका नीति, योजना र कार्यक्रम अहिले धमाधम कार्यान्वयन चरणमा छ, नगर कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि कर्मचारीलाई निर्देशन प्रदान गर्ने गरिएको छ । सम्बन्धित शाखाले गर्ने कामको सोही शाखालाई जिम्मेवारी प्रदान गरी सेवाग्राहीलाई सहज र सुुलभ पारिएको छ ।
बागमती प्रदेश रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला पर्छ । भने उत्तर तर्फ लिखु गाउँपालिका . र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका रहेको छ । नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो ।
पुनः नगरपालिका गठन मिति : २०७३/११/२२ गते गरेको हो । नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजोर र ओखनी । हाल थप भएका गाविसहरु : गोठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेको छन् ।