काठमाडौँ । बुुढानीलकण्ठ नगरपालिकाले दैनिक जसो विविध कार्यक्रम गर्दै आएको छ । कर्मचारी र जनप्रतिनिधिलाई दक्षता हासिल गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, सेवाग्राहीलाई अभिमुुखीकरण गर्ने, शान्ति सुुरक्षा कायम राख्ने लगायतका विविधि कार्यक्रम गर्दै आएको हो ।
यसै सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकाले नगरपालिका कर्मचारीहरुलाई समाचार लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । समाचार पत्रकारले मात्र नभइ सबैले लेख्दा अझ बढी भाषागत निखारता आउने भन्दै नगरपालिकाले कर्मचारीलाई समाचारलेखनको तालिम प्रदान गरेको हो । कार्यक्रममा महाशाखा तथा शाखा प्रमुख, वडा सचिवहरू र न्युज डेस्कका कर्मचारीहरू सहभागी थिए।
कार्यक्रममा नेपाल प्रेसका वरिष्ठ पत्रकार केशब भुलले प्रशिक्षण प्रदान गरेका थिए । उनले समाचार लेखनका सैद्धान्तिक र व्यावहारिक पक्षहरूबारे विस्तृत रूपमा जानकारी दिँदै लेखनमा तथ्यपरकता, सन्तुलन र जिम्मेवारीको सिद्धान्तलाई अनुसरण गर्नुपर्ने बताए ।
सो अवसरमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कर्मचारीको सूचना व्यवस्थापन, अभिलेखिकरण र संचार क्षमतामा सुधार ल्याउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए । उनले भने, “नगरपालिकाबाट प्रसारित हुने सूचना सही, पारदर्शी र नागरिकमुखी, हुनुपर्ने नगरपालिकाको लक्ष्य हो ।”
कार्यक्रममा नगर उप–प्रमुख अनिता लामाले कर्मचारीको सूचना लेखन र प्रसारण सीप सुदृढ गर्न यो पहल प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुसूचित कर्मचारी नै सक्षम संस्था निर्माणको आधार हुन् । यस्ता अभिमुखीकरणले पारदर्शी प्रशासन र नागरिकसँगको विश्वास निर्माणमा सहयोग पु¥याउँछ ।”
त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले अभिमुखीकरणले कर्मचारीहरूमा जिम्मेवारी र लेखन क्षमतामा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै समाचार सत्य र तथ्यमा अधारित हुुनुुपर्नेमा जोड दिनुुभयो । उहाँले थप्नुभयो, “प्रशिक्षणमार्फत संस्थागत सञ्चार अझ प्रभावकारी बन्नेछ र यसले नगरको कामकारबाही जनतासम्म स्पष्ट रूपमा पुग्नेछ।”