भक्तपुर । सूुर्यविनायक नगरपालिका वडा नं. ७ (गुुण्डूू) लाई बालमैत्री बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । वडालाई बालमैत्रशी शासनयुुक्त वडा घोषणा गर्ने उद्देश्यले आयोजित ५१ सूचकको प्रारम्भिक मूल्यांकन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा समूहगत छलफलमार्फत ५१ मध्ये ४० सूचक पूर्णरूपमा पूरा भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
बाँकी ११ सूचकका लागि कार्ययोजना तयार गरी चैत्र मसान्तभित्र आवश्यक कार्यहरू सम्पन्न गर्ने निर्णय गरिएको सूूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुुण्डूू ) का वडाध्यक्ष रबीन्द्र सापकोटाले जाकारी दिए । आवश्यक सूचकहरू पुरा भएपछि गुण्डूलाई बालमैत्री वडा घोषणा गर्ने तयारी अघि बढाइने बताइएको छ ।
वडास्तरमै बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता र अनुकूल वातावरण सुनिश्चित गर्न लक्ष्य राखिएको यो पहललाई स्थानीय सरोकारवालाले स्वागत गरेका छन । सूूर्यविनायक नगरपालिका सबै वडालाई बालमैत्री वडा घोषणा गर्दै त्यसपछि नगरपालिकालाई नै बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान नै चलाएको छ ।