काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नगरापालिका भित्र स्थायी बासिन्दा भएका कक्षा ११ र स्नातक तहको पहिलो वर्षमा विभिन्न विषयमा अध्ययनरत कुल १५ जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्ने भएको छ । नगरपालिका भित्रका जेहेन्दार विद्यार्थीलाई नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यविधि, २०७९ बमोजिम छात्रवृत्ति रकम वितरण गर्न लागिएको जानकारी दिए । नगरपालिकाले कात्तिक २४ गते सूचना सार्वजनिक गरी ती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।