रामप्रसाद रिजाल । नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरे आफैंमा सालिन, भद्र र इमान्दार नेतामा पर्छन् । कम बोल्ने र मिजासिलो स्वभावका उनी पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका छन् । पार्टीको सातौं राष्ट्रिय महाधिवेशनबाटै ओलीलाई पार्टी अध्यक्ष बनाउनु पर्छ भन्ने धारमा उभिए थिए । पार्टीको दशैं महाधिवेशनपछि घिमिरेले पार्टीको सचिवालयमा प्रमुखको रुपमा रहेर काम गर्ने अवसर पनि पाए ।
वुवा स्व पद्यप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेका ६ जना छोरा र ६ जना छोरी मध्ये उनी माईला सन्तान हुन् । उनको जन्म वि.स.२०१३ साल जेठ १३ गते ताप्लेजुङको सिकैंचा (हाल श्रीजंङ्घा गाउँपालिका)मा भएको थियो । कक्षा ६ मा अध्ययनरत रहँदादेखि नै विद्यार्थी जीवनबाटै राजनीति प्रारम्भ गरेका उनले लामो समयसम्म विद्यार्थी राजनीति गरे । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट आईए सम्मको अध्ययन पूराा गरेका उनले त्रिचन्द्र कलेजमा बीएको पढाई शुरु गरेका थिए । तर, राजनीति जीवनमा पूर्ण रुपमा लागेका कारण उनको पढाई पूरा हुन सकेन ।
२०२९ सालमा झापाबाट शुरु भएको ‘झापा बिद्रोह’बाट प्रभाबित बनेका उनी नेत्र घिमिरेको सहादत पछि पार्टी भित्र झनै क्रान्तिकारी भएर निस्किए । झापा दमन पछि शुरु भएको ‘अविल प्रशारण’को लाईनबाट उनी स्थापित हुँदै गए । २०३२ सालमा पार्टी भित्र बनेको ‘कोअडिनेशन केन्द्र’को रेडगार्ड अर्गनाईजेशन (आरजीओ)मा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०३२ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) को साहित्य सचिव बनेका थिए ।
२०३३/०३४ सालमा ताप्लेजुङ्गमा पार्टीको संगठन निर्माणमा अहम भूमिका खेलेका उनले नेपाल राष्ट्रिय शिक्षाक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०३६ सालमा मामा हरि नेपाल र चन्द्र पुरीको संखुवासभामा हत्या भएपछि उनले भूमिगत जीवन बिताउनु¥यो । तत्कालीन सरकारले मामााको हत्यापछि सोही समयदेखि पार्टीले घिमिरेलाई थप जिम्बेवारी प्रदान ग¥यो । जतिबेला उनले तेह्रथुम, संखुवासभा र पाँँचथर जिल्लामा संगठकको रुपमा काम गरे । पााँचथर जिल्ला कमिटी गठन पछि २०३९ सालबाट २०५१ सालसम्म उनी इलाममा पार्टी प्रमुखको रुपमा रहेर काम गर्न भ्याए ।
२०४८ सालमा पार्टीको मेची अञ्चल कमिटी सदस्य बनेका उनी २०४६ सालको मालेको चौथो राष्ट्रिय महाधिवेशन प्रतिनिधि भए । २०४९ को पाँचौं राष्ट्रिय महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटी सदस्य बनेका उनी हाल १ नम्वर प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य छन् । २०५४ सालदेखि २०६० सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनले पार्टीमा २०४८ सालदेखि २०५८ सालसम्म मेची इञ्चार्जको रुपमा काम गर्न भ्याए ।
२०५८ सालदेखि २०७५ सालसम्म पार्टीको विभागीय प्रमुख भएर सचिवालयमा काम गर्ने अवसर पाएका उनी २०७५ सालबाट प्रदेश १ को अध्यक्ष तथा २०७८ सालदेखि प्रदेश इञ्चार्जको रुपमा कार्यरत छन् ।
हालका पार्टी अध्यक्ष केपी शर्मा ओली २०४३ सालमा जेलबाट छुटेपछि नजिकिएको ओलीसंगको सम्बन्ध आज पर्यान्त स्थापित छ उनमा । जसका कारण पार्टीका राष्ट्रिय विषयमा अध्यक्ष ओलीसंग निरन्तर छलफल र सम्वाद हुने गरेको छ ।
२०४३ सालमाा टिका देवी बस्नेतसंग वैवाहिक जीवनमाा बाधिएका उनका दुई सन्तान छन् । जेठा छोरा बुहारी जीवन – मेरिना अष्ट्रेलिया बस्छन् भने कान्छा छोरा पवन काठमाडौंमा रहेर आईटी अफिसरका रुपमा कार्यरत छन् ।
लम्जुङ्गकोबेसी सहर निवासी बस्नेतसंग भूमिगत विवाह गरेका घिमिरेको राजनीतिक जीवनमा टिकादेवी सारथी बन्छिन् । लम्जुङमा पार्टीको तत्कालीन जिल्ला कमिटी सदस्य भएर काम गरेका कारण उनलाई राजनीतिका विषयमा पूर्ण ज्ञान छ । २०४६ सालमा झापामा भएको आन्दोलनका क्रममा टिकादेवी गिरफ्तार हुँदै जेल जीवन समेत बिताएकी छिन् । नाबालक छोरा सहित जेल बसेकी उनी त्यसबेला अनेम संघको झापा जिल्ला कमिटी सचिव थिइन् । त्यो समयमा उनीसंगै आन्दोलमा सक्रिय भएका १२ जना महिलाले एक महिनासम्म जेल जीवन बिताएका थिए ।
२०४७ सालबाट पार्टीको जिल्ला कमिटी सदस्य हुँदै श्रीमानकाो राजनीति यात्रामा टिकादेवीको आज पर्यान्त साथ र सहयोगका कारण घिमिरेले राजनीतिमा यो स्थान हासिल गर्न सफल भएका हुन् ।
झापाको 2 नं क्षेत्र त्यस्तो भाग्यमानी छ,जहाँ प्रदेश नं 1 कै इन्चार्ज ले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फमा उमेरद्धारीमा इन्छा जाहेर गर्नुभएको छ,स्मरण रहोस् वहाँ मेची अंन्चल इन्चार्ज हुंदा मेची अंन्चलको सबै सिट नेकपा एमालेले जित नेकालेको इतिहास छ,वहाँ नै त्यस्तो ब्यतीत्व हो,जस्ले दुइअ नं का करीव 50% मतदाता घरदैलो इलाम पांचथर र ताप्लेजुङमा भुमिगत राजनीति गर्दा टेकी दुख सुखको साथी हुनुभएको इतिहास छ,यस्तो प्रतीभा उमेद्धारको रुपमा पांउनु दुइ नम्बर क्षेत्रका मतदाताको सौभाग्य भएको हुंदा जित निकाल्न मतदाता आफै कम्वर कस्ने छ्न । यो क्षेत्रका मतदाता 60 देखि 70% त्यही भुगोलबाट माइग्रेड भएर आएका हुन।
झापा क्षेत्र नं. २ मा एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरेको उम्मेद्वारी पहिलो नम्बरमा सिफारिस भएको छ । नेकपा एमाले स्थाई कमिटि सदस्य, प्रदेश १ इन्चार्ज एवं लाखौं युवाहरु का आदर्श व्यक्तित्व, कुशल संगठक , शालिन व्यक्तित्व का धनी, कम्युनिस्ट आन्दोलन का खम्बा आदरणीय क. देवराज घिमिरे ज्यू आसन्न प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र न.२ बाट नेकपा एमालेको तर्फबाट उमेदवारको रुपमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीले वहांलाई न्याय गरोस भन्ने यस क्षेत्र का तमाम जनता तथा कार्यकर्ता हरूको माग छ ।

(एमालेका युवा नेता रामप्रसाद रिजालकाे निजि विचार, उनकै शब्दमा ।)