परापूर्वकालदेखि कागेअष्टमीका दिन लाग्ने कागेश्वरी मेलाको अहिले भव्य तयारी भइरहेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं १ मा रहेको कागेश्वरी मन्दिरसम्म पुग्न भौतिक पूर्वाधार सहज भएसँगै अहिले मन्दिरको आकर्षण थप बढेको छ । महामेला भदौ १८, १९ र २० गते तीनदिनसम्म भव्यरुपमा मनाइदै छ । कागेश्वरी महामेलाका सन्दर्भमा कागेश्वरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मकुन्दप्रसाद गजुरेलसँग सत्य आवाजले गरेको कुराकानीः
कागेअष्टमीका दिन लाग्ने कागेश्वरी मेलाको साँस्कृतिक महत्व के हो ?
कागेश्वरीमा परापूर्वकालदेखिको कागेअष्टमीका दिन मेला लाग्दै आएको छ । यो मेला एउटा संस्कृति मेला हो । बडा दशैंको महाअष्टमीको एक महिन अगाडिको अष्टमीलाई कागेअष्टमी भनिन्छ सोही अष्टमीमा लाग्ने मेला नै कागेश्वरी मेला हो । मेलामा देशैभरीबाट भक्तजनहरु दर्शनका लागि आउने गरेका छन् । गोसाइकुण्ड गएका तिर्थयात्रीहरु आफ्नो तिर्थाटन पूर्ण गर्न कागेअष्टमीका दिन कागेश्वरीको मेला भर्न आउँनपर्छ भन्ने किम्बदन्ती छ ।
गोाइकुण्ड जाने तिर्थालुले गोसाइकुण्डको जल लिएर कागेश्वरीमा चढाउने परम्परा छ । यस क्षेत्र धार्मिक पर्यटकीय पवित्र स्थल हो । उपत्यकाको सिरानीमा रहेको र सिगो काठमाडौं उपत्यका सहजै यहाँबाट निहाल्न सकिन्छ । स्वच्छ हावा लिएर शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको कागेश्वरी काठमाडौँ उपत्यकाको तिनवटै सहर सहजै अवलोकन गर्न सकिन्छ । साथै मनोहरा र बागमती पवित्र नदी यहाँबाट सहजै निहाल्न सकिन्छ । चावेलबाट करिब १२ किलोमिटरको यात्राबाट कागेश्वरी मन्दिर पुग्न सकिन्छ ।
प्राृकृतिक मनोरम र सुन्दर स्थान कागेअष्टमीका दिन कागेश्वरी आउन म सबैलाई अनुरोध गर्छु । यहाँ सहिद पार्कमा विश्वकै ठूलो काग निर्माण गरिएको छ, त्यस्तै कागेश्वरी जानेबाटोमा एक हजार भन्दा बढि सिंँढि निर्माण गरिएको छ । यहाँबाट प्राकृतिक दृश्यावलोकन गर्दा स्वर्गिय आनन्द महशुस गर्न सकिन्छ जसरी मोबाइलमा ब्याट्री सकिएपछि चार्ज गरेपछि रिचार्ज हुन्छ र त्यसैगरी यहाँ आएपछि जो कोही पनि फ्रेस भएर दिमाग प्राकृतिक रुपमा नै रिचार्ज भएको महशुस हुन्छ । त्यसैले म भन्छु ‘कागेश्वरी महामेला अवलोकन गर्न भदौ १९ गते जाउँ है कागेश्वरी ।’
कागेअष्टमीको मेलाका मुख्य आकर्षण के के हुन् ?
यो धार्मिक मेला हो । यहाँको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि भदौ १८ गते साहित्यक कार्यक्रम पत्रकार सम्मेलन हुँदैछ । उपत्यकामा रहेका सबै साहित्यकारलाई कागेश्वरीमा आएर साहित्यका कार्यक्रम खुल्ला कविता प्रतियोगितामा सहभागि हुन आग्रह गर्छु । १८ गते मन्दिर परिसरमा नै पत्रकार सम्मेलन, मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । त्यस्तै स्वास्थ्य शिबिर, धार्मिक पर्यटकलाई सुविधा प्रदान गर्ने पाल टाग्ने, पिउने पानीको प्रबन्ध गर्ने, अस्थायी शौचालय, सवारी साधन पार्किङको व्यवस्था गर्ने, मन्दिरको विषयमा जानकारी दिने लगायतका कार्यक्रम गरिनेछ । त्यस्तै स्थानीय अर्गानीक उत्पादन, विक्रीका लागि स्टलको प्रबन्ध गरिदैछ ।
कागेश्वरी मन्दिर परिसरमा भक्तजन तथा धार्मिक पर्यटकहरु कसरी पुग्न सक्छन् ?
कागेश्वरी आउन सुन्दरीजल मूलखर्क जाने मोटरबाटो हुँदै सुन्दरी जलको मेलम्ची खानेपानी प्रशोधन केन्द्रको भन्दा माथि राष्ट्रिय निकुञ्जको चेक पोष्ट छ जहाँबाट हिँडेर आउन सकिन्छ त्यस्तै सुन्दरीजल हुँदै कागेश्वरी वडा नंं ३ आलापोटको सिँढी हुँदै जंगलको बीचबाट साँखु, भक्तपुर बजार क्षेत्रबाट सवारी साधनबाट आउने भक्तजनलाई मन्दिरसम्म पुग्न बाटो ढलान भएको छ । मन्दिर नजिकै सिँढीमा ढुंगा छापिएको छ सो बाटो हुँदै मन्दिरसम्म सहजै पुग्न सकिन्छ । मन्दिरको प्राङ्गढ पहिला साँघुरो थियो अहिले त्यसलाई विस्तार गरेका छौं ।
मन्दिर जाने बाटो सुविधासम्पन्न छ । यहाँ आन्तरिक बाह्य पर्यटकको विकासका लाग समृद्धि गागल निर्माण गर्ने कार्य पर्यटकीय गन्तव्यको विकास गर्नका लागि धेरै भौतिक पूर्वाधार निर्माण भएका छन् । यहाँ सहिद पार्क विश्वकै ठूलो काग र मणिचुड यहाँबाट नजिकै पर्छ । कागेश्वरी धाम नजिकै ड्याम्प निर्माण हुँदैछ 'बन्दै छ है ताल काठमाडौंमा भन्ने उद्देश्यका साथ ताल निर्माण हुने क्रममा छ ।' उक्त ताल यहाँबाट अवलोकन गर्न सकिन्छ । वर्खामा उक्त तालमा पानी रिर्जभ हुन्छ र हिँउदमा बागमती खोलामा पानी बगाउने र बिजुली निकाल्ने बहुआयामिक योजना पूरा हुने क्रममा छ । अहिले धेरै व्यक्तिलाई केही समय फुसर्द हुने बित्तिकै गागलमै आएर रम्न, घुम्न मन लाग्छ । यहीबाट चिसापानी जाउ जाउ लाग्छ । यति सुन्दर छ यो एक पटक आएपछि यहाँ पुन आउ आउ लाग्छ नै ।