काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका मध्ये एक हो काठमाडौँको गोकर्णेश्वर नगरपालिका भौगोलिक विविधताका साथै नेपालकै पवित्र धार्मिक तिर्थस्थलरुपमा रहेका गोकर्णेश्वर नगरपालिकामा स्थानीय तहको दोस्रो निर्वाचनपछि विकास निर्माणसँगै सुशासनले तीव्रता पाउँदै आएको छ ।२०७९ साल वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकामा नगर प्रमुखको रुपमा निर्वाचित दिपककुमार रिसाल नगर प्रमुख पदमा निर्वाचित भएपछि भएका काम र सेवा प्रवाहका बारेमा हाम्रा संवाददाताले गरेको संवादको सम्पादित अंश ।
गोकर्णेश्वर नगरपालिकामा अहिले भएका नयाँ काम केके हुन् ?
संघ प्रदेशको रोकिएका कतिपय योजनाहरु पुनः सञ्चालन भएका गरेको छ । अहिले केही योजनाहरु सम्पन्न भएका छन् भने अधिकांश योजना धमाधम कार्यान्वनय भएका छन् केही योजना चाही सम्झौताकै चरणमा रहेका छन् भने अधिकांश सम्झौता भइसकेका छन् । खानेपानी, बाटोे निर्माणको काम भइरहेका छन् भने यस अगाडिदेखि रोकिएका कतिपय कामहरु पुनः सञ्लान भएका छन् । आरुबारी डाँडा गाउँमा ए.डि.बी ले सुरु गरेको २ अर्ब रुपियाँ बजेटको काम पुनः सञ्चालन गरेको छ ।
नगरपालिकामा सेवा प्रवाहका लागि अहिले भएको काम केके हुन् ?
प्रशासकीय भवन निर्माणाधिन अवस्था छन् । भने नियमिति रुपमा अहिले भएकै भवनबाट पनि नगरपालिकाको प्रशासनिक काम सम्पन्न भइरहेका छन् । नगरपालिकाले नगर प्रवक्ता, सूचना अधिकारीको व्यवस्था गरी सहज रुपमा सूचना प्रदान गर्ने काम गरेको छ । नगर कार्यपालिको बैठकको निर्णय ओइभसाइडमार्फत सार्वजनिक गर्ने गरिएको छ ।
अहिले नगर अस्पताल २ रोपनी क्षेत्रफलमा हुँदा पर्याप्त नभएको हुँदा संघीय सरकारले २० करोड र नगरपालिकाले पनि बजेट राखेर ठुलो ठाउँमा करिब दुई वर्ष भित्रमा ठूलो नगर अस्पलात बनाउने योजना बनाइएको छ । सामुदायिक विद्यालयमा भौतिक सुधार गरी १६ वटा विद्यालयलाई भवन बनाउन बजेटमा बिनियोजन , छात्रबृत्ति, तालिम लगायतका काम भएका छन् ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा मानिने गोकर्णेश्वरमा भएका धार्मिक क्षेत्रलाई कसरी अगाडि बढाइएको छ ?
गोकर्णेश्वर महादेव मन्दिर लिच्छिविकाल देखिको धार्मिक पर्यटकिय हिसाबले गुह्यश्वरीदेखि वागद्धारसम्म र गोकर्णेश्वरमहादेवदेखि उत्तरबाहिनी देखि सुन्दरी जल माथि सम्म पर्यटकिय क्षेत्र भएको धार्मिक पर्यटकिय क्षेत्रलाई अगाडि बढाउने धाप ड्याम र निर्माण गर्ने बागमती सरसफाईबाट चौबिसै घण्टा सफा पानी बग्न धाप ड्याम सफल, बनाउन लागेको, धाप ड्यामबाट सधै सफा पानी बागमतीमा बग्ने गोकर्णेश्वर नगरपालिका बासिन्दालाई आर्थिक स्थिति बलियो बनाउन आधार नै पर्यटकिय क्षेत्र हो ।
रोजगारका हिसाबले, धार्मिक पर्यटन आन्तरिक पर्यटन प्रबद्र्धनका हिसाबले तारेभिर सुन्दरीजल राष्ट्रिय निकुञजमा कार्यक्रम गरेर पर्यटन र धार्मिक हिसाबले आर्थिक उन्नती गर्न सक्छ । सुन्दरीजल, नयाँपाटी, बालुवा र गोकर्ण कृषि पर्यटक क्षेत्र हो । कषि क्षेत्रका लागि पनि पर्याप्त मात्रामा बजेट विनियोजन गरेका छौं । तरकारी खेती र बाख्रापालनका हो । बाख्रापालनका लागि नगरपालिकाले अनुदानमा दिने योजना छ ।
खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले केके काम गरेको छ ?
पूर्वाधार, शिक्षा र स्वास्थ्यको लागि २ वर्ष भित्रमा नमुना लायक बनाउने युवा रोजगार, खेलकुदको २ वटा कभड हल बनाउदै, ३५० को स्टेडियम बनाउदै, सुन्दर हराभरा गोकर्णेश्वर नगरपालिका बनाउने योजनाका साथ विकास निर्माण र सेवा प्रवाहको काम अहिले धमाधम भइरहेका छन् ।