स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ११० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रूपैयाँ र चाँदीको मूल्य ३ हजार ३८० रूपैयाँ कायम छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रूपैयाँ र चाँदीको मूल्य ३ हजार ४९० रूपैयाँ कायम थियो ।