काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजे अपडेट गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा छ । तराई, उपत्यका तथा खोचका धेरै स्थानमा भने हुस्सु/कुहिरो लागेको छ । मौसम महाशाखाले आजसमेत ५ दिनको सम्भावित मौसमबारे प्रक्षेपण जारी गरेको छ ।
२०८३ मंसिर २ गते (बुधबार)
दिउँसो : कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचमा थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ३ गते (बिहीबार)
दिउँसो : कोसी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति : कोसी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचमा थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ४ गते (शुक्रबार)
दिउँसो : कोसी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति : कोसी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचमा थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ५ गते (शनिबार)
देशभर आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
२०८३ मंसिर ६ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ । बिहानीपख तराई, उपत्यका तथा खोचमा थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। कोसी प्रदेश लगायत बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका साथै गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।