काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । कात्तिक २५ गते बुधबार बिहान ११:७ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।
मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै समस्या छैन ।
शास्त्रीय विधि अनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक २५ गते बुधबार नै मनाइन्छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले कात्तिक २५ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।
शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुबैलाई बुझाउने अध्यक्ष भट्टराईको भनाई छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
विदेशमा बस्ने नेपालीहरूका लागि पनि भाइटीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३को तिहारकाे अवसरमा विश्वका विभिन्न देश तथा शहरहरूमा मनाइने भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
समितिको २०८३/०७/१८ गते बसेको बैठकको निर्णयानुसार शास्त्र अनुसार तिथ्यादिको स्थानीय मानका आधारमा पर्व मनाउनुपर्ने मान्यता रहेकाले विभिन्न देशहरूमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि भाइटीकाको शुभ साइत तोकिएको हो । विज्ञप्ति अनुसार नेपाल र विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत निम्न समयमा तोकिएको छ:
नेपाल तथा छिमेकी देशहरू
काठमाडौँ, नेपाल: २५ कात्तिक २०८३ (विहान ११:०७ बजे)
थिम्पु, भुटान: ११ नोभेम्बर २०२६ (विहान ११:०५ बजे)
देहली, भारत: ११ नोभेम्बर २०२६ (विहान ११:२१ बजे)
न्यूयोर्क, अमेरिका: १० नोभेम्बर २०२६ (विहान ११:२५ बजे)
वासिङ्टन डि.सी., अमेरिका: १० नोभेम्बर २०२६ (विहान ११:३३ बजे)
क्यालिफोर्निया, अमेरिका: १० नोभेम्बर २०२६ (विहान ११:०५ बजे)
टेक्सास, अमेरिका: १० नोभेम्बर २०२६ (विहान ११:३५ बजे)
फ्र्याङ्कफर्ट, केन्टुकी, अमेरिका: १० नोभेम्बर २०२६ (विहान ११:२३ बजे)
वोवेन्सवोरो, केन्टुकी, अमेरिका: १० नोभेम्बर २०२६ (विहान ११:१३ बजे)
टोरन्टो, क्यानाडा: १० नोभेम्बर २०२६ (विहान ११:५७ बजे)
भ्यान्कुभर, क्यानाडा: १० नोभेम्बर २०२६ (विहान ११:५५ बजे)
सिड्नी, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान ११:४५ बजे)
मेलबर्न, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान ११:५५ बजे)
ब्रिसबेन, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान १०:५५ बजे)
एडिलेड, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान ११:२९ बजे)
क्यान्वेरा, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान ११:२१ बजे)
तास्मानिया, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान ११:०३ बजे)
पर्थ, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान ११:११ बजे)
डार्विन, अस्ट्रेलिया: ११ नोभेम्बर २०२६ (विहान १०:४५ बजे)
वेलिङ्टन, न्युजिल्याण्ड: ११ नोभेम्बर २०२६ (विहान ११:५५ बजे)
लण्डन, बेलायत: १० नोभेम्बर २०२६ (विहान ११:३१ बजे)
पेरिस, फ्रान्स: १० नोभेम्बर २०२६ (विहान ११:३५ बजे)
लिस्बन, पोर्चुगल: १० नोभेम्बर २०२६ (विहान ११:५७ बजे)
ओस्लो, नर्वे: १० नोभेम्बर २०२६ (विहान ११:५५ बजे)
फिनल्याण्ड: १० नोभेम्बर २०२६ (विहान १०:४५ बजे) जेनेभा,
स्विट्जरल्याण्ड: १० नोभेम्बर २०२६ (विहान ११:४५ बजे)
क्वालालम्पुर, मलेसिया: ११ नोभेम्बर २०२६ (विहान ११:३३ बजे)
अबुधाबी, युएई: ११ नोभेम्बर २०२६ (विहान ११:११ बजे)
दोहा, कतार: ११ नोभेम्बर २०२६ (विहान ११:२५ बजे)
तेल अभिभ, इजरायल: १० नोभेम्बर २०२६ (विहान ११:०१ बजे)
साउदी अरेबिया: ११ नोभेम्बर २०२६ (विहान १०:५१ बजे)
बैंकक, थाइल्याण्ड: ११ नोभेम्बर २०२६ (विहान १०:५७ बजे)
टोकियो, जापान: ११ नोभेम्बर २०२६ (विहान ११:०१ बजे)
सियोल, दक्षिण कोरिया: ११ नोभेम्बर २०२६ (विहान ११:५५ बजे)
सिङ्गापुर: ११ नोभेम्बर २०२६ (विहान ११:२३ बजे)
हङ्कङ्: ११ नोभेम्बर २०२६ (विहान ११:१५ बजे)
याङ्गुन, म्यानमार: ११ नोभेम्बर २०२६ (विहान ११:५७ बजे)