काठमाडौँ । स्थानीय सुन–चाँदी बजारमा आज मूल्य एकैपटक उकालो लागेको छ । छापावाल सुनको भाउ प्रतितोला रु. १३ हजार ३०० ले बढेको छ भने चाँदी प्रतितोला रु. २६५ ले महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. दुई लाख ८८ हजार ९०० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला रु. तीन हजार ९२० कायम भएको छ ।
यसअघि हिजो बुधबार छापावाल सुन प्रतितोला रु. दुई लाख ७५ हजार ६०० र चाँदी प्रतितोला रु. तीन हजार ६५५ मा कारोबार भएको थियो ।