काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई नभएर तातोपानी नाका चलाउन सरकारलाई सुझाव दिएका छन् ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीलाई हटाउन खोजिरहेको चर्चाकाबिच बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा उनले सरकारको कामको आलोचना गर्दा आफूमाथि सत्तारुढ रास्वका नेता-कार्यकर्ता आइलागेको गुनासो पनि गरेका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले एक साताअघि भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै आएका बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमा वाग्लेलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।
अर्थमन्त्री वाग्ले लक्षित बाँस्कोटाको कटाक्ष: ‘बेपर्वाह नव लेण्डुप उफ्रने? किक आउट हिम पिएम’
‘नव झोले र भेडा आई लाग्नै पर्दैन। केवल ब्यापार र मुख्यमन्त्रीको हैसियत चाहिएको हो। तर राष्ट्रिय अखण्डता र स्वाधिनता चहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन,’ बाँस्कोटाले लेखेका छन्, ‘प्रभाव र दासत्व फरक हो। आईजीपी होईन, तातोपानी नाका चलाउ !’
