काठमाडाैँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेको एस मोडमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा ५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । घाइतेहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।