धादिङ । त्रिशूली नदीको कटानका कारण धादिङको गजुरीनजिक गलौंदीमा सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ ।
स्थानीय तहसँगको समन्वयमा भासिएको सडक क्षेत्रमा ब्याक कटिङ गरेर राजमार्ग खुलाउने काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो ।
यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बीपी र कान्ति राजमार्गको अवरोध हटाइएको छ । अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।