नेपाल प्रहरीलाई कार्यसम्पादनमा सहयोग पुग्ने विभिन्न सञ्चार उपकरण हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित अरनिको हलमा २०८३ असोज १९ गते आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सञ्चार उपकरण हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा हाइटेरा कम्युनिकेसन्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक निङ मा (Ning Ma) ले कम्पनीका तर्फबाट नेपाल प्रहरीको कार्यसम्पादनमा प्रयोग हुने विभिन्न सञ्चार उपकरण प्रहरी महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण गरिएका उपकरणले प्रहरीको सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउन तथा कार्यसम्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।