रसुवा । भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकीहरू बगाउँदा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक अझै बेपत्ता छन् । बाढीमा परेका २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेकै अवस्थामा केहीको भने शव फेलापरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार बाढीमा बगेका टिमुरे इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट र बेत्रावती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेलको शव फेलापरेको हो ।
बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र अस्थायी प्रहरी पोष्ट मैलुङमा ठूलो क्षति पुगेको छ । बाढीले प्रहरी चौकी र भौतिक संरचनाको नामोनिसान छैन, केही क्षतविक्षत भएका छन् ।
प्रहरी वरिष्ठ हवल्दार राजु तामाङका अनुसार बिहान ८ः४५ बजेतिर स्याफ्रुबेँसी बजारमा कन्टेनर डिब्बाहरूको लाइन मिलाउने र इन्ट्री गर्ने काम भइरहेको अवस्थामा बाढीको त्यो त्रासदीपूर्ण भएको थियो ।