रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा बस चालकको मृत्यु भएको हो।
दुर्घटनामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस ठोक्किएका थिए। दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको बताइएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।