रसुवा । नेकपा एमाले निकट विदार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपिडितलाई राहत वितरण गरेको छ । अखिल उपमहासचिव कमल जोशी र सचिब गोपाल नेपालको नेतृत्वमा काठमाडौंबाट २ गाडी राहत सामाग्री कालिका गाउँपालिकाको कार्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
‘अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले राहत सामाग्री संकलन गर्न पहल गरेको थियो । अखिलको पवित्र कार्यलाई सहयोगी हात तथा मनहरुले प्रदान गरेको उक्त राहत लिएर टोली भाद्र १५ गते काठमाडौबाट हिडेको टोलि १६ गते रसुवा पुगि राहत हस्तान्तरण गरेका हौं ।’ अनेरास्ववियुका सचिव गोपाल नेपाल भने, ‘राहत भनेको केवल खाद्यान्न र सामग्री पुर्याउनु मात्र होइन, कठिन समयमा मनमा आशा जगाउनु, आत्मीयता बाँड्नु र “तिमीहरू एक्लै छैनौ” भन्ने अनुभूति दिलाउनु पनि हो ।’
.jpeg)
“पीडित परिवारलाई प्रत्यक्ष भेटी राहत सामग्री प्रदान गरेको र बाँकी रहेको राहत सामग्री एकमुष्ट रूपमा कालिका गाउँपालिको कार्यालयमा लगेर हस्तान्तरण गरेको” कमल जोशीले जानकारी दिए । उनले भने, “विपद्ले परिस्थिति बदल्न सक्छ, तर हाम्रो सदियौँ देखिको एकता, सामाजिक सद्भाव र आपसी हार्दिकता कहिल्यै हराउन दिनु हुँदैन र नेपालीहरु एकको दुःखमा अर्काले सहयोग गर्छन् साथै सहयोगी मन र हातहरु यो समाजमा अझै जिवित नै छन् भन्ने प्रस्तुत गरेका हौं ।”
अनेरास्ववियुले हिमालय कालिका क्याम्पसमा रहेका पिडितहरुलाइ प्रत्यक्ष भेटी उक्त निम्नानुसारको सामाग्री हस्तान्तरण गरेको थियो ।
राहत सामाग्रीः–
५० थान सिरक, ३० थान ठूलो डसना,
२ भागा जेन्स तथा लेडिज कपडा र जुत्ता
५० कार्टु चाउचाउ,
५० किलो चिउरा,
२० कार्टुन औषधि,
१० कार्टुन फलफूल,
८५ बोरा सानो साइजका कपडा तथा
६७ बोरा ठूलो र मिडियम साइजका ट्र्याकसुट
यस अधि अनेरास्वविुका पूर्व नेता प्रकाश पौडेलको टिमले उत्तरगया गापा कार्यालयमा सोलार जडान गरेर हिजो नै काठमाण्डौ फर्किएको थियो ।