काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनको स्वागतका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू विमानस्थल परिसरमा बाक्लो संख्यामा भेला भएका थिए ।
देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुगेका छन्। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापा लगायतका नेताहरू भने विमानस्थलमा उपस्थित देखिएनन् ।
देउवा करिब साढे ५ महिना लामो विदेश बसाइपछि बिहीबार काठमाडौंमा उत्रिएका हुन् । उनी गत फागुन १३ गते सिंगापुर पुगेका थिए । त्यसपछि उनी सिंगापुरबाट चैत ७ गते हङकङ पुगेर परिवारसहित त्यहीँ बसेका थिए ।
उनीसँगै विदेशमा रहेका पत्नी आरजु राणा देउवा र छोरा जयवीर भने फिर्ता भएनन्। देउवाविरुद्ध यसअघि वालेन्द्र शाह नेतृत्वको सरकारले पटक पटक पक्राउ पुर्जी र रेड नोटिस जारी गर्ने कोसिस गर्यो । तर इन्टर पोलले पनि सरकारको योजनालाई फेल खुवाइदियो।
देउवाको नेपाल आगमनलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिका दृष्टिले समेत चासोका साथ हेरिएको छ। उनको आगमनसँगै पार्टीभित्रको आगामी राजनीतिक दिशा र नेतृत्वबीचको सम्बन्धबारे थप बहस हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार १२ :