काठमाडौँ । मध्यपुर थिमि नगरपालिकामा शहरी इकोसिस्टममा आधारित अनुकूलन सम्बन्धी तालिम सम्पन्न भएको छ । आइतबार काठमाडौं उपत्यका विकास प्राधिकरण को आयोजनामा “काठमाडौं उपत्यकामा जलवायु उत्थानशील विकासका लागि शहरी इकोसिस्टममा आधारित अनुकूलन तालिम सम्पन्न भएको हो । 
उक्त कार्यक्रम अन्तर्गत मध्यपुर थिमि नगर कार्यपालिका सदस्यहरुको लागि शहरी इकोसिस्टममा आधारित अनुकूलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त कार्यक्रमले जलवाय परिवर्तन र यसले पार्न सक्न संभावित खतराको बारेमा सरोकारवालाई तालिम प्रदान गरिएको जानकारी दिए । 
कार्यक्रममा जलवायु परिवर्तनका कारण शहरी क्षेत्रमा देखिएका चुनौती, तिनको प्रभाव न्यूनीकरणका उपाय तथा इकोसिस्टममा आधारित अनुकूलन अवधारणालाई स्थानीय तहको योजना, नीति तथा विकास कार्यक्रममा कसरी समावेश गर्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो ।