काठमाडौं । परिवारकै उपस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् ।
बिहीबार बेलुका आयोजित समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए ।
तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । आगामी भदौमा जयवीर र शिवानाले बिहे हुने बताइएको छ ।