भक्तपुुर । मध्यपुुर थिमी नगरपालिकाले नगर सौन्दर्यकरण योजनालाई तीव्रता दिएको छ । हरियाली प्रबद्र्धन गर्दै सहरी सौदर्यकरणलाई उच्च प्राथमिकता राखेको नगरपालकाले
अन्तर्गत राधेराधेदेखि मनोहरा खोलासम्म एक करोडको लागतमा फराकिलो पेटी र सार्वजनिक शौचालय निर्माणलगायत खाली जग्गामा स–साना विश्रामस्थल निर्माण गरेका गरिसकेको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सहरी सौदर्यकरण कार्यक्रमलाई तीव्रता दिँदै गएको बताए । उनले थिमिमा रात्रिकालीन पर्यटन विकासका लागि सम्पदा क्षेत्रलगायत पर्यटकीयस्थलमा अत्याधुनिक सडक बत्तीको व्यवस्था गरिने, पुरानो थिमिदेखि एसओएससम्म नौ सय १६ किलोमिटर सडकमा बत्ती राखिने जानकारी दिए। नगरभित्रका ६० देखि ७० वर्षका ज्येष्ठ उमेर समूह, अपाङ्ग, अशक्त, दलित र एकल महिला गरी २० हजार नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याइने स्पष्ट पारे ।
मध्यपुरथिमि नगरपालिकाले सम्पदा क्षेत्र संरक्षण गरी सम्पदा पदमार्ग निर्माण गर्ने भएको छ । नगरपालिकाको विकास–निर्माण र सेवा प्रवाहसम्बन्धी अन्तरसंवादमा बोल्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको परम्परागत पहिचानलाई बचाउन पोटरी स्क्वायर, सेरामिक्स हबका साथै माटाका भाँडाकुँडाको सङ्ग्रहालय बनाउने उहाँले स्पष्ट पारे ।
शङ्खधर चोकदेखि बालकुमारी हुँदै मध्यपुरथिमिभित्र सम्पदा क्षेत्र घोषणा गरी भौतिक संरचना निर्माण तीव्र बनाएको बताए । थिमिको लायकु दरबारस्थित विद्यालयलाई स्थानान्तरण गरेर पुरानो स्वरूपमा पुनःस्थापित गर्ने र पहिरोको जोखिममा रहेको प्रसिद्ध नील बाराही मन्दिर २४ करोड लागतमा संरक्षण सुरु गरिएको उनको भनाइ छ ।
नौवटै वडामा स्वास्थ्य क्लिनिक
नगरको नौवटै वडाको सहरी स्वास्थ्य क्लिनिकमा ज्येष्ठ नागरिक, गर्भवतीका लागि घरदैलोमै सुविधायुक्त अल्ट्रासाउन्ड र ल्याब टेस्ट सेवा उपलब्ध गराउने नगरपालिकाको योजना छ । आउँदो दसैँसम्म नगरको केन्द्रीय प्रशासनिक भवन शिलान्यास गर्ने, सङ्घीय सरकारबाट दुई सय शैय्याको अस्पतालको स्वीकृति लिइ नर्सिङ शिक्षा सञ्चालन गरिने उनको भनाइ छ ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकामा सञ्चालित कमरोटार, दिव्यश्वरी, मनोहरा, राधेराधे जग्गा एकीकरण आयोजनालाई वैज्ञानिक र व्यावहारिक ढङ्गबाट सम्पन्न गर्ने, नक्सा पास नभई रोक्का क्षेत्रमा बनाइएको घरको रोक्का फुकुवा गरी करिब तीन हजार घरको नक्सा पास गरिने र नगरको सार्वजनिक जग्गा संरक्षण गर्नेतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको मध्यपुुर थिमी नगरपालिको जनाएको छ ।