भक्तपुुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ को आयोजनामा ’’मेरो सुरक्षा म आफै गर्न सक्छु“ भन्ने नाराका महिला लक्षित आत्मरक्षा तालिम सुुरु भएको छ । समाजमा अहिले प्रति कतिपय महिलाहरुमाथि विभिन्न विभेद हुँदै आएकाले महिलाहरुले मेरो सुरक्षा म आफैं गर्न सक्छु भन्ने उत्प्रेरणात्मक आत्मसुरक्षा तालिम सुरु भएको हो ।
थिमीको बोडेमा आयोजना गपरिएको २ दिने महिला लक्षित आत्मरक्षा तालिममा स्थानीय महिलाहरुको उलेख्यरुपमा सहभागिता रहेको छ । 
पहिलो दिन, छात्रा र शिक्षिकाहरुलाई र दोस्रो दिन महिला समुहको प्रतिनिधिहरुलाई सामाजिक अपराधलाई दुरुत्साहन गर्न आत्मरक्षा तालिम सम्बन्धि सैद्धान्तिक र ब्यवहारिक ज्ञानको तालिम गरिनेछ ।
तालिममा सामाजिक सुरक्षा, दुरुत्सान, महिला हिंसा, महिलाप्रति कतिपय पुुरुषले नकारात्मक दृष्ट्रिकोणबाट हेर्ने लगायतका विषय वस्तुुहरु समेटिएका छन् । 
तालिममा सहभागि छात्रा र विभिन्न समूहूहमा क्रियाशिल महिलाहरुले उत्सुुकताका साथ सहभागिता जनाएको मध्यपुुर नगरपालिकाले जनाएको छ ।