काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार र वितरणमा निजी क्षेत्रलाई पनि खुला गरिनुपर्ने बताएका छन् ।
शुक्रबार (जेठ २९) इप्पानको २६औँ साधारणसभा तथा आठौँ अधिवेशनका अवसरमा उनले भने, “सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो, विद्युत् व्यापार र वितरणमा पनि खोलिदिनु पर्यो । उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ ।”
एकद्वार प्रणाली तत्काल लागु गर्न पनि उनले सुझाव दिए । ऊर्जा क्षेत्रको ‘बाधक’ वन भएको भन्दै उनले त्यसमा सहजीकरण गर्न आग्रह गरे ।
आचार्यले सरकारकै कारण ढिला भएका आयोजनाको ‘आरसीओडी’ एकमुष्ट रूपमा थप हुनुपर्ने बताए ।