काठमाडौं । शंखरापुर नगरपालिका-७ बस्ने ६० वर्षीया गंगा माया देउलाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ५३ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ थापा पुल नजिक बस्ने लक्ष्मी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।