काठमाडौं । सुनसरी, दुहबी नगरपालिका-२ तुथाहास्थित सडकमा प्र.१-०२-००२ ख ११११ नम्बरको बसको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-४ स्थित सडकमा हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना.५ त ३११३ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी नगरपालिका-९ बस्ने सन्तोष भट्टराईकी छोरी ६ वर्षीया अन्सु भट्टराईको शुक्रबार दिउँसो घटनास्थलमै मुत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, कलैया उपमहानगरपालिका-२४ स्थित सडकमा म.प्र.०३-०२६ प ००८४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१६ दिब्यनगर बस्ने ७० वर्षीया दहउरा देवी महतोको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कास्की, अन्नपूर्ण गाउँपालिका-९ सुधामेस्थित सडकमा नयाँपुलबाट बिरेठाँटीतर्फ जाँदै गरेको ग.१ ज ८७१९ नम्बरको बोलेरोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने डिल बहादुर आलेकी छोरी ६ वर्षीया सुस्मा आलेको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ कालीगण्डकी चोकस्थित सडकमा रोकी राखेको प्र.२-०४-००१ ख ००८२ नम्बरको ट्रकमा ग.प्र.०४-००२ प २६२५ नम्बरको स्कुटर ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका-३ बस्ने ३६ वर्षीया निशा कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कालीगण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ स्याउले बजारमा सु.प.प्र.०२-००१ ख ०५९८ नम्बरको टिपरले युके ०६ एएस ७९३० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि भारतस्थित स्वस्तिक अस्पताल पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, हंसपुर नगरपालिका-२ बक्चौडास्थित सडकमा बक्चौडाबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्र.०३-००४३ प ३७२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था बस्ने राम टहल मण्डलको छोरा १४ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरस्थित सडकमा राजापुरबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१ ख ४२६० नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-११ बस्ने अलि शेर साइ की छोरी ८ वर्षीया नाजिया साइ को शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।