काठमाडौँ । अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको पहिलो दिन आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेकी छन् । यसअघि ‘बोक्सीको घर’ चलचित्रबाट सफलता चाखेकी उनले नयाँ चलचित्र ‘स्टेसन’ निर्माण गर्ने भएकी हुन् । केकीले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ चलचित्रबारे जानकारी दिएकी छन् ।
उनले लेखेकी छन्, ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ‘ तर सपनाको रंग उस्तै रहन्छ त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा।।। ‘स्टेशन’
यो चलचित्र भाद्र १९ गते रिलिज हुने छ । चलचित्रको निर्देशन बोक्सीको घरका निर्देशक सुलक्षण भारतीले नै गर्ने छन् । चलचित्रको स्क्रिप्ट पनि उनके हो । प्रस्तुतकर्तामा केकीका पिता बद्री अधिकारी रहेका छन् ।