काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि आइतबार पदबाट राजीनामा दिएका हुन् । बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा झापा क्षेत्र नं ५ बाट प्रधानमन्त्री बन्ने उदेश्यले चाुनाव लड्दै छन् । उक्त क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनाव लड्दै छन् ।