काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मर्म बोकेको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘बाजकली आरामै छैके’ सार्वजनिक भएको छ । गायक पर्वत जैगडी र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको यो देउडा गीत हालै सार्वजनिक गरिएको हो ।
शब्द र सङ्गीत स्वयं पर्वत जैगडीकै रहेको छ । गीतमा सुदूरपश्चिमको मौलिक ठेट शब्द, लोक लय र मायाप्रेमका भावहरूलाई मर्मस्पर्शी रूपमा समेटिएको छ । दीपक सङ्गम बिसीको सङ्गीत संयोजन (एरेन्ज) रहेको यस गीतलाई मधुमाला स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
गीतको भिडियोतर्फ मिराज विक्रम सिंहको निर्देशन रहेको छ। भिडियोमा गायक पर्वत जैगडी र मोडल पूजा क्षेत्रीको अभिनय देख्न सकिन्छ ।