पाल्पा । रिब्दीकोट गाउँपालिका- १ ख्याहामा एक युवतीको शव फेला परेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो ।
मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् ।
दल बहादुर र कमला सुनारकी छोरी मृतक १९ वर्षीया पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
दिउँसो ४ बजे घर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।