काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता हुँदै छ ।
राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपाल आइपुगेका अमिर नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुनेछ । आज द्विपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
नेपाल भ्रमणमा रहेका अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गरेका थिए ।