काठमाडौँ । एसिया कप राइजिङ स्टार्स मा नेपालले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईले ११२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
कुशल भुर्तेलले अर्धशतक बनाए । उनले ५७ रन जोडे । यस्तै, मयन यादवले २७, बसिर अहमदले १८ रन जोडे । बलिङतर्फ मुहम्मद मोहसिनले दुई तथा उद्दिश सुरी र अंश टण्डनले एक–एक विकेट लिए । यसअघि पहिलो खेलमा नेपालले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको थियो ।
त्यसअघि नेपालले यूएईलाई १२१ रनमा रोक्यो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई नेपालको धारिलो बलिङसामू निरिह बन्यो । नेपालका लागि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३–३ विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दा केवल ११ रन खर्चिएका थिए ।
खराब सुरुवात गर्दै यूएईले ११ रनमा २ विकेट गुमाएको थियो । ओडिआई डेब्यू गरेका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे । अंश टन्डन पनि १ रनको निजी स्कोरमा रनआउट भएका थिए ।
यूएईले तेस्रो विकेटका लिग बलियो साझेदारी गर्यो । हरप्रीत सिंह र मुहम्मद सेहदादबीच भएको ६३ रनको साझेदारी सन्दीपले तोडेपछि भने यूएईको ब्याटिङ धराशयी बन्यो । यूएईका ८ जना ब्याटरले दोहोरो अंक छून सकेनन् ।
यूएईका लागि सेहदादले सर्वाधिक ४० रन र हरप्रीतले ३२ रन जोडे । ३९.५ ओभरमा यूएईले आफ्ना सबै विकेट गुमायो । यूएईविरुद्ध कप्तान सन्दीपले अत्यधिक स्पिन आक्रमण गरेका थिए । उनले ५ जना स्पिनर प्रयोग गरे ।