प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएपछि उनको अनुपस्थितिमा सरकारको दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिने तयारी गरिएको छ ।
मन्त्रिपरिषद्को वरीयताक्रममा अर्थमन्त्री र परराष्ट्रमन्त्रीपछि रहेका श्रेष्ठलाई प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ। यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने चर्चा भए पनि अन्तिम समयमा श्रेष्ठको नाम हटाइएको थियो।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा काम गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन सिफारिस गरेको स्रोतको भनाइ छ। तर, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन।
फाइल तस्बिर